शनिबार, भदौ ६, २०८३

बाघको आक्रमणबाट बेपत्ता महिलाको शव फेला

कञ्चनपुरमा बाघको आक्रमणबाट बेपत्ता बेलौरी नगरपालिका–८ पचुइँकी गंगादेवी चन्दको शव फेला परेको छ।
 |  शनिबार, वैशाख ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ९, २०८०

कञ्चनपुर- कञ्चनपुरमा बाघको आक्रमणबाट बेपत्ता बेलौरी नगरपालिका–८ पचुइँकी गंगादेवी चन्दको शव फेला परेको छ।

चन्दको शव २२ घन्टापछि आज बिहान फेला परेको हो।शव आक्रमण गरेको केहि पर फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताए।

उनको शवलाई अहिले अस्पताल लग्ने तयारी भइरहेको डाँगीले बताए। शुक्रवार बिहान चन्दलाई बाघले आक्रमण गरेको हो। गाउँका अरु महिला पनि घाँस काट्न खप्टिनाला क्षेत्रमा गएका थिए।तर चन्दलाई बाघले आक्रमण गरी लगेको थियो।

सँगै गएका महिलाले घटनाको बेलिबिस्तार लगाएपछि स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला सव–डिभिजन वन कार्यालय कुण्डाका कर्मचारी खप्टिनाला क्षेत्र पुगेका थिए। खप्टी नालामा महिलालाई आक्रमण पछि सोही क्षेत्रमा लुकिरहेको बाघलाई प्राविधिक टोलीले नियन्त्रणमा लिइसकेको छ।
 

प्रकाशित: Apr 22, 2023| 11:48 शनिबार, वैशाख ९, २०८०
प्रतिक्रिया दिनुहोस्