शनिबार, भदौ ६, २०८३

पत्नीलाई जलाउन खोज्ने व्यक्ति पक्राउ

धनुषामा दाइजो माग्दै श्रीमतीलाई आगो लगाएर हत्या प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  शनिबार, वैशाख ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ९, २०८०

काठमाडौं- धनुषामा दाइजो माग्दै श्रीमतीलाई आगो लगाएर हत्या प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पीडित श्वेता झाले दिएको जाहेरीका आधारमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका- २० देवपुरा रुपैठा निवासी उनका श्रीमान् राजीव झालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय (धनुषा) का प्रहरी उपरीक्षक विश्वराज खड्काले पीडितले घरेलु हिंसा मुद्दामा उजुरी दिएको जानकारी दिए। 

बिहेका बेला दाइजोबापत माइतीले दिने भनेको सुन नदिएको भन्दै नयाँ वर्षका दिन आफूलाई पतिसहित उनको परिवारै मिलेर आफूलाई आगो लगाएर मार्न खोजेको श्वेतालाई बताएकी छन्। 

अहिले श्वेता जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचाररत छन्।

प्रकाशित: Apr 22, 2023| 11:02 शनिबार, वैशाख ९, २०८०
प्रतिक्रिया दिनुहोस्