शुक्रबार, साउन ८, २०८३

तत्काल कतै एकताको सम्भावना छैन : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले अहिले कुनै पार्टीसँग एकता नहुने बताएका छन्।
 |  शनिबार, वैशाख ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ९, २०८०

जनकपुरधाम- नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले अहिले कुनै पार्टीसँग एकता नहुने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा जनकपुरधाममा सहभागी हुन आएका खनालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै एकीकृत समाजवादी नयाँ पार्टी रहेकाले अहिले कुनै दलसँग एकता नहुने बताए। उनले मिलेर जाने कुरा बेग्लै भए पनि कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको स्पष्ट पारे।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले आफू एमालेमा फर्किने कुरामा सत्यता नरहेको भन्दै आफूले बनाएको नयाँ पार्टी छोडेर बिना कारण एमालेमा फर्किनुको कुनै तुक नरहेको बताए।

प्रकाशित: Apr 22, 2023| 10:52 शनिबार, वैशाख ९, २०८०
प्रतिक्रिया दिनुहोस्