शनिबार, भदौ ६, २०८३

खुम्बुमा भारी हिमपात

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएको छ।
 |  शनिबार, वैशाख ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ९, २०८०

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएको छ। शुक्रबार वर्षातसँगै भारी हिमपात हुँदा खुम्बु क्षेत्र सेताम्य भएको हो।

शुक्रबार साँझबाट राति ९ बजेसम्म भएको हिमपातका कारण लुक्लाभन्दा माथिल्लो क्षेत्र मनमोहक बनेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए। उनका अनुसार हिमपातपछि विदेशी तथा स्वदेशी पर्यटक हिउँ खेल्न व्यस्त बनेका छन्। 

वैशाखमा समेत हिउँ खेल्न पाएपछि निकुञ्ज क्षेत्रमा आएका पर्यटक नाँचगान गरेर रमाइरहेका उपाध्यायले बताए। निकुञ्जको कार्यालय रहेको ठाउँ मुख्य भ्यू पोइन्ट भएकाले अहिले निकुञ्ज क्षेत्र हिउँ खेल्ने पर्यटकले भरिभराउ बनेको जनाइएको छ। 

प्रकाशित: Apr 22, 2023| 10:40 शनिबार, वैशाख ९, २०८०
प्रतिक्रिया दिनुहोस्