शनिबार, भदौ ६, २०८३

लमजुङमा एक युवकमाथि खुकुरी प्रहार

बेंसीसहर नगरपालिका ८, प्रशासन चोकमा एक युवकमाथि शुक्रबार राति खुकुरी प्रहार भएको छ।
 |  शनिबार, वैशाख ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ९, २०८०

लमजुङ- बेंसीसहर नगरपालिका ८, प्रशासन चोकमा एक युवकमाथि शुक्रबार राति खुकुरी प्रहार भएको छ। राति साढे ८ बजेतिर खुकुरी (नक) प्रहार हुँदा बेंसीसहर नगरपालिका ७, हाइस्कुलचोक बस्ने २४ वर्षीय रोहित तामाङ सख्त घाइते भएको प्रहरीले जनाउको छ।

उनीमाथि खुकरी प्रहार गरेको आरोपमा बेंसीसहर नगरपालिका ७, हाइस्कुल चोकका १८ वर्षीय विशाल घले र वडा नम्बर ८ नारायणस्थान चोक बस्ने २३ वर्षीय सुब्बा गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते तामाङको टाउको र हातमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते तामाङको टाउको र हातमा चोट लागेको, बोल्न सक्ने अवस्थामा रहेको र लमजुङ अस्पतालमा सामान्य उपचार गरी मेडिसिटी अस्पताल काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।

खुकुरी प्रहार गरेको आरोपमा नियन्त्रणमा लिएका २ जनामाथि अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित: Apr 22, 2023| 09:20 शनिबार, वैशाख ९, २०८०
प्रतिक्रिया दिनुहोस्