शनिबार, भदौ ६, २०८३

आज कस्तो रहला काठमाडौंको मौसम?

आज काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हावाहुरी आउने सम्भावना रहेको छ। 
 |  शनिबार, वैशाख ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ९, २०८०

काठमाडौं- आज काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हावाहुरी आउने सम्भावना रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज अपराह्नपछि पश्चिम तराईका केही र पहाडी क्षेत्रका थोरै स्थानमा हावाहुरी आउने सम्भावना छ। 

आज काठमाडौं उपत्यकामा पनि हावाहुरी, मेघगर्जन, चट्याङको सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन्। आज काठमाडौं उपत्यकामा हल्का/क्षणिक वर्षाको सम्भावना पनि छ।  

आज दिउँसो कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार राति देशका पहाडी भेगका एक दुई स्थानमा मात्र मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ। 

प्रकाशित: Apr 22, 2023| 10:10 शनिबार, वैशाख ९, २०८०
प्रतिक्रिया दिनुहोस्