शनिबार, भदौ ६, २०८३

अर्कै व्यक्तिको बैंक खाताबाट पैसा निकाल्ने युवक पक्राउ

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई भक्तपुर बस्दै आएका २३ वर्षीय अनिल थापा रहेका छन्।
 |  शनिबार, वैशाख ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ९, २०८०

काठमाडौं- सिम डुप्लिकेसन (कागजात देखाएर अर्कै व्यक्तिको नाममा रहेको सिम पुनः निकाल्ने काम) गरेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई भक्तपुर बस्दै आएका २३ वर्षीय अनिल थापा रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आरोपित थापाले विभिन्न बैंकको अनलाइन भाइबर ग्रुपको दुरुपयोग गरी सिम डुप्लिकेसन गरेका थिए।

नक्कली कागजात प्राप्त गरेपछि थापाले पीडितको बैंक अकाउन्टमा पहुँच बनाए। त्यसपछि कार्डलेस एटीएममार्फत रकम निकालेर ठगी गरेको प्रहरीले जनाएको छ।

आरोपित थापालाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

प्रकाशित: Apr 22, 2023| 09:00 शनिबार, वैशाख ९, २०८०
प्रतिक्रिया दिनुहोस्