खोटाङ- खोटाङमा गाडीबाट खसेर शुक्रबार राति एक जनाको मृत्यु भएको छ। दिक्तेलबाट खोटाङ बजार जाँदै गरेको बा ३ ख ३४४१ नम्बरको बसबाट खसेर जन्तेढुङ्गा-३ का ३८ वर्षीय दिनेश राईको मृत्यु भएको हो।
राति खरायो देखेर झर्न खोज्दा लडेर घाइते भएका राईको खोटाङ बजारस्थित स्वास्थ्य चौकीमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मन्जिल मुकारूङले बताए।