बिहीबार, वैशाख ३१, २०८३

राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त

सरकारले राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त गरेको छ।
 |  शनिबार, वैशाख ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ९, २०८०

काठमाडौं- सरकारले राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त गरेको छ। आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने तयारी गरिरहेको सरकारले अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल, प्रा. डा. आरपी विछा र प्रभु बुढाथोकीलाई आयोग सदस्यमा नियुक्त गरेको हो।

National life

नवनियुक्त डा. रमेशचन्द्र पौडेल त्रिविको अर्थशास्त्र विभागका सहप्राध्यापक हुन्। उनले अष्ट्रेलिया नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। आरपी विछा भने लामो समयदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील छन्।

पौडेल र विछाले शुक्रबार शपथ ग्रहण गरिसकेका छन्। बुढाथोकी भने काठमाडौं बाहिर रहेकाले शपथ ग्रहण हुन बाँकी छ।

सरकारले यसअघि नै राष्ट्रिय आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. मिनबहादुर श्रेष्ठलाई तथा सदस्यहरुमा रामकुमार फुयाँल र डा. जयकान्त राउतलाई नियुक्त गरिसकेको थियो।  थप तीन सदस्य नियुक्त भएपछि राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ।

प्रकाशित: Apr 22, 2023| 08:20 शनिबार, वैशाख ९, २०८०
प्रतिक्रिया दिनुहोस्