शनिबार, भदौ ६, २०८३

टोखामा आगलागी, पाँच सटर जले

काठमाडौंको टोखामा हिजो बेलुका आगलागी हुँदा पाँच वटा सटर जलेका छन्।
 |  शनिबार, वैशाख ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ९, २०८०

काठमाडौं- काठमाडौंको टोखामा हिजो बेलुका आगलागी हुँदा पाँच वटा सटर जलेका छन्।

ग्राण्डी अस्पताल नजिक रहेको मासु पसलमा लागेको आगोले सँगै जोडिएका पाँच वटा सटरमा क्षति भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार मासु पोल्दा ग्यास सिलिण्डर लिक भएर सल्किएको आगो छेउछाउका सटरमा पनि फैलिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल र पानी ट्याङ्करको सहायताले आगो निभाइएको छ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने काम भइरहेको छ।

प्रकाशित: Apr 22, 2023| 08:10 शनिबार, वैशाख ९, २०८०
प्रतिक्रिया दिनुहोस्