पाल्पा- पाल्पाको तिनाउ गाउँपालिका–३ फुलगैरास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
गुल्मीबाट आज बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नंको बसले सोही दिशातर्फ जाँदै गरेको लु७७प१९६ नंको स्कुटीलाई ठक्कर दिंदा स्कुटर चालक बगनासकाली गाउँपालिका–४ का ४३ वर्षीय राजेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बसको ठक्करबाट घाइते न्यौपानेको प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो। बस र चालकलाई नियन्त्रणमा लिई अहिले घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।