शुक्रबार, साउन ८, २०८३

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार

 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौं- भारतको नयाँदिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ। उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ।

उनको स्वास्थ्योपचार बुधबारदेखि तेस्रो दिन पनि नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ। राष्ट्रपति पौडेल स्वास्थ्य उपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए।

प्रकाशित: Apr 21, 2023| 20:52 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्