बिहीबार, वैशाख ३१, २०८३

कोशी प्रदेश नामकरण कसैको विपक्षमा छैन : मुख्यमन्त्री कार्की

 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरण ‘कोशी’ कसैको विपक्षमा नभएको बताएका छन्।

National life

नेपाल बार एशोसिएशन उच्च अदालत विराटनगर बार एकाइको १३औँ कार्य समितिको वार्षिक साधारणसभा उनले कोशी नामकरण साझा भएकाले यसलाई आत्मसात गरेर जान आग्रह गरेका हन्।

मुख्यमन्त्री कार्कीले भने, ‘समयक्रममा भविष्यमा जनताको दुई तिहाइ मत प्राप्त भएमा संविधान एवं कानुनअनुसार प्रदेशको नाम परिवर्तन गरेर जान सकिने छ।’

उनले प्रदेश सरकार स्थानीय तहसँग विकास, उत्पादकत्व वृद्धि, रोजगारीको अभिवृद्धि, सौन्दर्य अभिवृद्धि र राजस्वको वृद्धि यी सबै पक्षलाई जोडेर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

मुख्यमन्त्री कार्कीले विगत १५ वर्षमा नभएका विकास प्रदेश सरकार निर्माण भएपछि जनताले अनुभूति प्राप्त गरेको बताए।
उनले विगत पाँच वर्षको अवधिमा प्रदेश सरकारले ८०० किलोमिटर कालोपत्र सडक, एक सय पक्की पुल, दुई सय झोलुंगे पुल र दुई सय भौतिक संचरना निर्माण गरेको जानकारी दिए। 

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले गरेका गल्तीको आलोचनालाई ग्रहण गर्दै आगामी दिनमा सुधार गर्ने प्रण गर्दै राम्रो कार्यको प्रशंसा गर्नसमेत आग्रह गरेका छन्।

प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले आचारसंहिताको पालन गरी उच्च मूल्य र मान्यता कायम राख्न अधिवक्ताहरूलाई आग्रह गरे। वरिष्ठ अधिवक्त विपुलेन्द्र चक्रवर्तीले फुटेर होइन जुटेर स्वतन्त्र न्यायपालिका कायम राख्न आग्रह गरेका छन्।

प्रकाशित: Apr 21, 2023| 18:23 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्