शनिबार, भदौ ६, २०८३

मुस्ताङमा लेक लागेर दुई जनाको मृत्यु

 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौं- मुस्ताङमा लेक लागेर दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा बस चालक र एक भारतीय पर्यटक छन्।

उनीहरूको मुस्ताङ अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। भारतीय पर्यटक लिएर मुक्तिनाथ दर्शनका लागि गएको ग १ ख ८८५७ नम्बरको बसका चालक धादिङको निलकण्ठ नगरपालिकाका  ४२ वर्षीय कपिन खाँड ठकुरीको ह्रदयघातका कारण मृत्यु भएको हो। 

उनले बिहीबार साँझ छाती दुखेको बताएपछि मुस्ताङ अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार बिहान मृत्यु भएको हो। ठकुरीलाई ब्लड प्रेसरको समस्या थियो। 

भारतीय पर्यटकको भने लेक लागेर मृत्यु भएको हो। भारतको आन्ध्र प्रदेश गान्धी नगर बस्ने ६६ वर्षीय लक्ष्मी नरसिंह रावको मुस्ताङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

भारतबाट सामूहिक रुपमा मुस्ताङ आएको भारतीय पर्यटकको टोली बिहीबार मुक्तिनाथ दर्शन गर्न पुगेको थियो। उनी मुक्तिनाथ दर्शन गर्ने क्रममा लेक लागेर बिरामी परेका थिए। त्यसपछि अस्पतालमा उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो।

प्रकाशित: Apr 21, 2023| 16:04 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

पुग्ने हैन त पुनहिल ?

समुद्र सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ।

सीपले बदलेको जिन्दगी

चौपाया पाल्ने, खेतीपाती गर्ने र अरुको काम गरेर गुजारा चलाउने सावित्रा अहिले आफ्नै उद्योगमा मालिक बनेर काम गरिराखेकी छन्। उनीसँगै नरेठाँटीका सात जना महिला यही...