काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूसहित चार जनाविरुद्ध उच्च अदालत पाटनमा परेको मुद्दा खारेजी गर्न लिखित जवाफ पेस गरेका छन्।
उनले शुक्रबार अदालतमा पेस गरेको तीन पृष्ठ लामो लिखित जवाफमा नदीको बहाव क्षेत्रमा पर्ने सार्वजनिक स्थानमा बसोबास गर्नु गैरकानुनी भएको उल्लेख गरेका छन्।
ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, नेवाः सभ्यता राष्ट्रिय सम्पत्ति तथा स्रोत साधनको संरक्षण गर्ने दायित्वबाट विमुख बनाउने उद्देश्यले रिट निवेदनमा राखिन नहुने जवाफमा उल्लेख गरिएको छ ।
वास्तविक भूमिहीन सुकुम्बासी जोगाउने भन्दा पनि समग्र रुपमा अनधिकृत बस्ती जोगाउने उद्देश्य रहेको जवाफमा भनिएको छ।


