आइतबार, वैशाख १३, २०८३

सन्दीपले 'ओडीआई'मा बनाए नयाँ इतिहास

 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौं- नेपालका स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो १०० विकेट लिने विश्व कीर्तिमान बनाएका छन्। अफगानिस्तानका प्रख्यात बलर राशिद खानलाई पछि पार्दै उनले १०० विकेटको कोसेढुंगा पार गरेका हुन्।

National life

राशिदले ४४ ओडीआईमा १०० विकेट लिएर सन् २०१८ मा विश्व कीर्तिमान बनाएका थिए। त्यसलाई तोडेर सन्दीपले ४२ ओडीआईमा सय विकेट लिएका छन्।

नेपाल र ओमान दुवै ओडीआई राष्ट्र भएकाले आजको खेल एकदिवसीय मान्यता प्राप्त छ। नेपालले यसअघि मलेसियाविरुद्ध खेलेको म्याचमा सन्दीपले ३ विकेट लिए पनि त्यसको त्यो एक दिवसीय खेलको मान्यता प्राप्त नभएकाले त्यसको गणना भएन।

ओमानविरुद्ध आफ्नो पहिलो ओभरमै सन्दीपले विकेट लिएका हुन्। १२ औं ओभरको तेस्रो बलमा उनले ओमानका ब्याट्सम्यान अदिल सफिकलाई एलबिडब्ल्यू धरापमा पारे। आफ्नो १०० औं विकेट पूरा भएसँगै उनले मैदानलाई ढोगेर/चुमेर खुशी मनाएका थिए। उनलाई टिममेट्सहरुले पनि बधाई दिए।

प्रकाशित: Apr 21, 2023| 14:31 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्