शनिबार, भदौ ६, २०८३

बाघले आक्रमण गरेर महिलालाई लग्यो

कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुईमा बाघले एक महिलामाथि आक्रमण गरेको छ।
 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौं- कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुईमा बाघले एक महिलामाथि आक्रमण गरेको छ।

स्थानीय ४२ वर्षीया गंगा चन्दलाई आक्रमण गरेर लगेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डांगीका अनुसार घर छेउकै खप्टी नालामा घाँस काटिरहेकी चन्दलाई बाघले लगेको छ। उनको खोजी कार्य भइरहेको डीएसपी डाँगीले बताए।

उक्त क्षेत्रमा चैत मध्यदेखि दिउँसै बाघ देखिइरहेको थियो। चैत तेस्रो साता भारतको दुधुवा राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परि पुनर्वास नगरपालिका १० की एक महिलाको मृत्यु भएको थियो।

प्रकाशित: Apr 21, 2023| 13:40 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्