काठमाडौं- एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तगर्त ओमानविरूद्ध खराब सुरूवात गरेको नेपालले चौथो विकेट गुमाएको छ। ३३ रन बनाएर भीम सार्की पेबेलियन फर्किएका छन्।
५६ बल खेलेका सार्कीले ४ चौका र १ छक्काको मद्दतमा ३३ रन बनाएका हुन्। यसअघि पनि नेपालले कप्तान रोहित कुमार पौडेललाई २३ रनमा गुमाएको थियो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले आफ्ना दुबै ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई शून्यमा गुमाएको थियो।