काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ।
प्रधानन्यायाधीश नियुक्ति, संसदीय समिति गठन र टिआरसी विधेयक लगायतका मुद्दामा सहमति जुटाउने प्रयासस्वरुप दुई नेताबीच सिंहदरबारमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि बुधबार बसेको संवैधानिक परिषदको बैठकमा संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले प्रधानन्यायाधीश नियुक्तिका लागि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रस्ताव गरे पनि अध्यक्ष ओलीले असहमति जनाएका थिए। त्यसक्रममा ओलीले संसदीय समितिको पूर्णता दिएर मात्रै प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया सुरु गर्नुपर्ने बताएका थिए।