शनिबार, भदौ ६, २०८३

डुम्रे बेसीशहर सडकखण्ड आजदेखी  दैनिक १२ घण्टा बन्द हुने

लमजुङको सदरमुकाम बेसीशहर जोड्ने एक मात्र डुम्रे बेसीशहर सडक दैनिक १२ घण्टा बन्द हुने भएको छ।
 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

लमजुङ- लमजुङको सदरमुकाम बेसीशहर जोड्ने एक मात्र डुम्रे बेसीशहर सडक दैनिक १२ घण्टा बन्द हुने भएको छ।

बेसीशहर नगरपालिका १ उदीपुर स्थित देउराली डाँडामा सडक निर्माण कार्य गर्नु पर्ने भएकोले आजबाट एक महिनाको लागि दैनिक १२ घण्टा सडक बन्द हुने भएको हो।

पहिरो रोकथाम तथा सडक निर्माण कार्य अन्तर्गत स्लोप ट्रमिङ र टेवा पर्खाल निर्माण कार्य गर्नु पर्ने भएकोले शुक्रबारदेखि जेठको पहिलो सातासम्म उक्त सडक बन्द हुने भएको हो।  

यस अवधिमा यात्रुबहाक सवारी साधनलाई उदीपुर रिठ्ठेबगर जोड्ने बाटो हुँदै चण्डी प्रसादगण डाईभर्सन बाटो प्रयोगमा ल्याइने छ भने मालबबाहक सवारी भने उदीपुर बजारमै पूर्ण रुपमा रोक लागाइने छ।

बर्षातको समयमा लामो समय अवरुद्ध बनेको सो सडकमा अस्थायी व्यवस्थापन गरी यातायात सञ्चालन गरेपनि विगत केहि महिनादेखि सुख्खा पहिरो खस्दा यातायात प्रभावित भएको हो। 

सुख्खा पहिरोका कारण दैनिक जसो अवरुद्ध हुँदै आएको उदिपुर पहिरो पछिल्लो समय थप जोखिम भएको छ। पहिरोका कारण दैनिकजसो यातायात समेत अवरुद्ध हुने गरेको छ।

बर्षातका बेला ठूलो पहिरोका कारण अवरुद्ध बनेको सडक यसअघि निर्वाचनका बेला अस्थायी व्यवस्थापन गरी यातायात सुचारु गरीएको थियो।

निर्वाचन पछि पनि पुनः केहि दिन यातायात बन्द गरी थप व्यवस्थीत बनाईएको थियो। हाल सवारी साधान आवात जावत गर्नका लागि सडक बनेपनि सुख्खा पहिरो खस्नेक्रम शुरु भएकोले दैनिक जसो यातायात अवरुद्ध हुँदै आएको छ। 

प्रकाशित: Apr 21, 2023| 09:10 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्