शनिबार, भदौ ६, २०८३

झारखण्डमा विषाक्त खानाका कारण ८० जना अस्पताल भर्ना

 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

नयाँ दिल्ली- भारतको पूर्वी राज्य झारखण्डमा आयोजित एक मेलामा खाजा खाएका कम्तीमा ८० जना बिरामी परेका छन्।

कर्माटाँड क्षेत्रका दर्जनौं मानिसले पेट दुख्ने र बान्ता हुने समस्या रिपोर्ट गरेका थिए। उनीहरू भोक्टा मेलामा गएको र त्यहाँ खाजाका रूपमा चाट खाएका थिए। 

एक अधिकारीले भने, 'विरामीको अवस्था र रिपोर्टिङ सुन्दा मुख्यतया खानामा मिसावट भएको हुन सक्ने देखिन्छ।' शहिद निर्मल महतो मेडिकल कलेज एण्ड हस्पिटलका मेडिसिन विभागका प्रमुख युके ओझाका अनुसार एक बच्चाको अवस्था गम्भीर रहेको अवस्थामा ८० जनालाई भर्ना गरिएको छ।

स्थानीय प्रशासनले गाउँका जनताको स्वास्थ्यको निगरानीको आवश्यकता पूरा गर्न स्थानीय स्वास्थ्य संस्थामा थप चिकित्सक र नर्स पठाएको छ।
 

प्रकाशित: Apr 21, 2023| 06:34 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्