शनिबार, भदौ ६, २०८३

ललितपुरको गोदावरी जंगलमा भीषण आगलागी

 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

काठमाडौं- ललितपुरको गोदावरीस्थित वस्ती नजिकैको जंगलका भीषण आगलागी भएको छ। गोदावरी नगरपालिका वडा नम्बर ६ स्थित जुरेडाँडामा भएको उक्त आगलागी नियन्त्रणका लागि बिहीबार साँझ सुरक्षाकर्मी र दमकलहरु खटिएका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रवीण पोखरेलका अनुसार आगलागी नियन्त्रण गर्न उपत्यकाका सबैजसो दमकल परिचालन गरिएको छ।   

आगलागी नियन्त्रणका लागि उपत्यकाका सबैजसो एम्बुलेन्स र दमकलहरु पठाइए पनि भीषण आगलागी भएकाले नियन्त्रणमा लिन नसकिएको  उनले बताए। 

आगलागी नियन्त्रण गर्न दमकल र सुरक्षाकर्मीको टोलीले प्रयास जारी राखेको उनले बताए। 

प्रकाशित: Apr 20, 2023| 20:38 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्