शनिबार, भदौ ६, २०८३

आगलागीबाट बाँकेका दुई स्थानमा १० घर जले

 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

खजुरा- बाँकेको राप्तीपारी क्षेत्रअन्तर्गत नरैनापुर गाउँपालिकाको छुट्टाछुट्टै दुई स्थानमा भएको आगलागीमा दश वटा घर जलेका छन्। आगलागीबाट रु २५ लाखको क्षति भएको प्रहरीले अनुमान गरेको छ।

बुधबार साँझ नरैनापुर गाउँपालिका–३ गेग्ली गाउँमा आगलागी हुँदा पाँच वटा घर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो। उहाँका अनुसार दुई वटा घरमा आंशिक क्षति पुगेको छ।

यसैगरी नरैनापुर गाउँपालिका–३ को जनतापुरमा आगलागी हुँदा तीन घर र एक गोठमा क्षति पुगेको छ। त्यहाँ करिब रु १५ लाखको क्षति भएको छ। करिब डेढ दुई घण्टाको फरकमा दुई वटा स्थानमा भएको आगलागी स्थानीय र प्रहरीको संयुक्त प्रयासबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रायमाझीले बताए। गर्मीको मौसममा नरैनापुर क्षेत्र आगलागीको उच्च जोखिममा पर्ने गरेको छ।

प्रकाशित: Apr 20, 2023| 19:16 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्