शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को स्थापना दिवसमा शास्त्रीय संगीत

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को स्थापना दिवसमा शास्त्रीय संगीत

 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

काठमाडौंमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को ७३ औं स्थापना दिवस मनाइएको छ। बुधबार काठमाडौंस्थित भारतीय राजदूतावासमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंद्वारा शास्त्रीय संगीतसहत स्थापना दिवस मनाइएको हो।

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का पूर्व छात्रहरुको बीचमा मित्रतालाई प्रगाढ बनाउने उद्देश्यसहित स्थापना दिवसको अवसरमा शास्त्रीय संगीतसहित मनोरञ्जन गरिएको थियो। कार्यक्रमको उद्घाटन दूतावासका उपप्रमुख प्रसन्न श्रीवास्तवले गरेका थिए। त्यस अवसरमा नेपालका अभिनेता पुष्प खड्कासमेत सहभागी थिए। 

कार्यक्रममा कलाकारहरुले विभिन्न विधाका शास्त्रीय संगतीहरुले दर्शकहरुलाई मनोरञ्जन दिएका थिए। सांस्कृतिक कार्यक्रमले नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन भूमिका खेल्ने विश्वास लिइएको छ। कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थी, शिक्षकहरुका साथै कलाकारद्वारा शास्त्रीय रागहरु प्रस्तुत गरिएको थियो।

प्रकाशित: Apr 20, 2023| 17:43 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्