बिहीबार, वैशाख ३१, २०८३

धरानका मेयरले मागे वडाध्यक्षहरूको राजीनामा

 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

काठमाडौं- धरान उपनगरपालिकाका मेयर हर्कराज राईले वडाध्यक्षहरुको राजीनामा मागेका छन्। 

National life

आज बिहीबार विज्ञप्ति जारी गर्दै उनले विगत केही महिनादेखि बिनाकारण पटक-पटक कार्यपालिका बैठक बहिष्कार गरेर जनादेशको अपमान गरेको भन्दै वडाध्यक्षहरुको राजीनामा माग गरेका हुन्।

उनले भनेका छन्, ‘विगत केही महिनादेखि बिना कुनै खास कारण पटक-पटक कार्यपालिका बैठक बहिष्कार गरेर जनादेशको अपमान गर्दै जनताको सुशासन र बिकास पाउनुपर्ने अधिकारमाथि खेलवाड गरिरहेको र आफ्नो कर्तव्य पूरा नगरेको अवस्था अवगत गराउन यो विज्ञप्ति जारी गर्न बाध्य भएको छु। वडाहरुमा केकस्ता योजना तथा कार्यक्रमहरु सम्पन्न भए भन्ने जानकारी मागेको भन्ने कुरालाई लिएर असहमति राखिरहन पर्ने कुनै कारण नभएको तर उल्टै संविधानको धारा २७ मा उल्लेखित सूचना पाउने नागरिकको मौलिक हक दिन नमानेको देखिएकोले वडाहरुमा के कस्ता, के कति काम भएका छन तुरुन्तै सार्वजनिक गर्न यही विज्ञप्तिमार्फत निर्देशन दिन्छु।’

उनले कार्यपालिका बैठकमा वडाध्यक्षहरुले अमर्यादित काम गरेको भन्दै आफ्नो कर्तव्य पूरा गर्न पनि सचेत गराएका छन्। कसैले ‘म बैठक बस्दिनँ’ भन्न पाइँदैन त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाई आम धरानवासी जनता र लोकतन्त्रलाई सहयोग गर्न मेयर राईले निर्देशन दिएका छन्।

336595682_1010422073697391_5719970443011974980_n1681990965.jpg

प्रकाशित: Apr 20, 2023| 17:26 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्