काठमाडौं- नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले एक केजी ८० ग्राम लागुऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ। बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले यसबारेमा जानकारी गराएको हो।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित अलिग्राहका ५१ वर्षीय रवीन्द्रकुमार परासर र केन्याकी ६३ वर्षीया पिलिसिला वान्जा एन्ड्रिटुलाई रहेका छन्।
रवीन्द्रकुमारलाई यही वैशाख ५ गते काठमाडौंको ठमेलस्थित एक होटलबाट पक्राउ गरिएको थियो। एन्ड्रिटुलाई ठमेलकै अर्को होटेलबाट एक हजार अमेरिकी डलरसहित पक्राउ गरिएको हो।
बरामद कोकिनको बजार मूल्य करिब २ करोड ३३ लाख २८ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।