शनिबार, भदौ ६, २०८३

१२ वर्षपछि पाकिस्तानबाट भारतमा उच्चस्तरीय भ्रमण हुँदै

 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

काठमाडौं- पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारी भारत भ्रमणमा जाने भएका छन्। उनी अर्को महिना भारतमा हुने सांघाई सहयोग संगठन (एससीओ)का विदेश मन्त्रीहरूको बैठकमा सहभागी हुन भारत जान लागेका हुन्।

एससीओ एक क्षेत्रीय राजनीतिक र सुरक्षा समूह हो, जसका सदस्यहरू रूस, चीन, भारत र पाकिस्तान छन्।

दुई दिने भेला मे ४ मा पश्चिम तटीय राज्य गोवामा हुनेछ। पाकिस्तानी विदेश मन्त्रालयकी प्रवक्ता बलोचले भनेकी छन्, 'भुट्टो आफ्ना भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा एससीओ बैठकमा सहभागी हुनुहुनेछ।'  बिलावल भुट्टो पाकिस्तानी राजनीतिमा आफ्नो 'भारत विरोधी' बयानबाजीका कारण हेडलाइनमा छाइरहन्छन्। 

पाकिस्तानबाट भारतमा उच्चस्तरीय भ्रमण १२ वर्षपछि हुन लागेको  हो। यसअघि सन् २०११ मा  तत्कालीन पाकिस्तानी विदेशमन्त्री हिना रबानी  खारले भारत  भ्रमण गरेकी थिइन्।

प्रकाशित: Apr 20, 2023| 16:59 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्