शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • 'सबै चोरको थर मोदी नै किन हुन्छ?' भनेका राहुलविरुद्धको मुद्दा के हुँदैछ?

'सबै चोरको थर मोदी नै किन हुन्छ?' भनेका राहुलविरुद्धको मुद्दा के हुँदैछ?

 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

काठमाडौं- भारतको एक अदालतले कंग्रेस नेता राहुल गान्धीको पुनरावेदन खारेज गरिदिएको छ। बिहीबार सुरतको सेसन कोर्टले मानहानि मुद्दामा गान्धीको पुनरावेदन खारेज गरेको हो। 

अदालतबाट दोषी ठहर भएका राहुलले उक्त फैसलाविरुद्ध सेसन कोर्टमा गत अप्रिल ३ मा पुनरावेदन दिएका थिए।  अप्रिल १३ मै यस मुद्दाको सुनुवाइ भए पनि फैसला सुरक्षित राखिएको थियो। अदालतले बिहीबार आफ्नो फैसला सुनाएको हो। पुनरावेदनमा गान्धीले आफूलाई अधिकतम सजाय दिन आवश्यक नभएको बताएका थिए।

गान्धीले सुरतकै सेसन कोर्टमा फैसलाविरुद्ध अपिल गरेका हुन्। फैसला नआएसम्म अदालतले उनलाई धरौटीमा रहने छुट दिएको छ। सुरतको तल्लो अदालतका मुख्य न्यायिक मजिस्ट्रेटले २३ मार्चमा एक मानहानि मुद्दामा गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो।

अदालतको उक्त आदेशलगत्तै राहुलको सांसद पद गुमेको थियो। भारतमा २ वर्षभन्दा बढी कैद सजाए पाएका सांसदको सदस्यता पद खारेज हुने कानुन छ। सन् २०१९ को चुनावी सभामा 'सबै चोरको थर मोदी नै किन हुन्छ ?' भन्दै दिएको भाषणका कारण उनीमाथि मानहानिको मुद्दा हालिएको हो।
 

प्रकाशित: Apr 20, 2023| 15:18 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्