बिहीबार, वैशाख ३१, २०८३

परराष्ट्रमन्त्री साउद र बेलायतकी राजदूत पोलिटबीच बधाई भेट

 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

National life

काठमाडौं- नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ। परराष्ट्रमन्त्री साउदलाई भेट्न राजदूत पोलिट बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेकी हुन्।

उक्त अवसरमा विकास सहकार्य, दुई मुलुकबीच मैत्रीपूर्ण सन्धी भएको एक सय वर्ष, जलवायु परिवर्तन र अन्य द्विपक्षीय आपसी चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नवनियुक्त परराष्ट्रमन्त्री साउदसँग यसअघि भारत, अमेरिकालगायत देशका राजदूतले भेटेरै बधाई दिइसकेका छन्।

प्रकाशित: Apr 20, 2023| 15:10 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्