शनिबार, भदौ ६, २०८३

कर्णाली सरकारले बल्ल पायो पूर्णता

 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ। प्रदेश सरकारमा नवनियुक्त नेपाली कांग्रेसका तीन मन्त्रीले बिहीबार शपथ लिएपछि प्रदेश सरकारले पूर्णता पाएको हो। 

मन्त्रीहरू वेदराज सिंह, खड्गबहादुर पोखरेल र कृष्णकुमार बिसीलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराए। नवनियुक्त मन्त्रीमध्ये सिंहलाई आर्थिक मामिला तथा योजना, पोखरेललाई सामाजिक विकास मन्त्रालय र बिसीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री रहेकी उर्मिला विश्वकर्माले पनि ऊर्जामन्त्रीका रूपमा आज शपथ लिएकी छन्। कर्णाली प्रदेशमा मन्त्रालयको संख्या आठ बनाइएको छ। 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई टुक्रयाएर ऊर्जा छुट्टै बनाएको थियो। यसअघि एमाले-माओवादीको गठबन्धनमा ऊर्जालाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा गाभिएको थियो।

प्रकाशित: Apr 20, 2023| 14:54 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कर्णालीका सडक चाडबाडमा झन् 'ज्यानमारा'

कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिन्छ। चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन फितलो हुँदा दुर्घटना बढ्ने गरेको देखिन्छ।

दुई बालकको मृत्युले वीरेन्द्रनगर तनावग्रस्त

छुट्टाछुट्टै घटनामा मृत्यु भएका बालकका आफन्तले संयुक्त रूपमा वीरेन्द्रनगर बजारमा आन्दोलन गरिरहेका छन्।