शनिबार, भदौ ६, २०८३

सवारी दुर्घटनामा परी सर्लाहीमा दुई युवकको मृत्यु

सर्लाहीको लालबन्दीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ।
 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

काठमाडौं- सर्लाहीको लालबन्दीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरी गौशाला नगरपालिका–११ भरतपुर बस्ने २९ वर्षीय श्रवणकुमार महतो र मोटरसाइकलमै सवार १२ वर्षीय विक्रमकुमार महतो रहेका छन्।

आज बिहान सवा ७ बजे भएको दुर्घटनामा दुवै जनाको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश २–०३–००१ख८१५ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको ना३३प ७५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। 

प्रकाशित: Apr 20, 2023| 13:47 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्