शनिबार, भदौ ६, २०८३

वैशाख ८ देखि राष्ट्रिय नर्सिङ सम्मेलन हुँदै

नेपालमा पहिलो पटक एक दिने राष्ट्रिय नर्सिङ सम्मेलन काठमाडौंमा हुने भएको छ।
 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

काठमाडौं- नेपालमा पहिलो पटक एक दिने राष्ट्रिय नर्सिङ सम्मेलन काठमाडौंमा हुने भएको छ। युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद् तथा नर्सिङ क्लबको संयुक्त आयोजनामा उक्त सम्मेलन हुन लागेको हो। 

‘नेतृत्वको रुपान्तरण तथा युवा र सक्षम नेतृत्वको विकास’ भन्ने मूल नारा सहित यही वैशाख ८ गते सम्मेलन गर्न लागिएको सम्मेलनकी संयोजक एवं नर्सिङ क्लब नेपालकी वरिष्ठ उपाध्यक्ष उषा खनालले जानकारी दिइन्।

सम्मेलनमा युवा नेतृत्वको विकास, नर्सिङ पेशाको विकास, नर्सिङलाई कसरी सशक्त बनाउन सकिन्छ, नसर्ने रोगको नियन्त्रण लगायत विषय माथि समूहगत छलफल र प्रस्तुतीकरण हुनेछन्। 

नर्सिङ क्षेत्रको जनशक्तिलाई गुणस्तरीय र दक्ष बनाउन सके मात्र देशको स्वास्थ्य क्षेत्रको विकास हुने खनालले बताइन्। सम्मेलनमा विश्वविद्यालय, निजी तथा सरकारी क्याम्पस, अस्पताल, नर्सिङ संघ, नर्सिङ संघसँग आवद्ध अन्य संघ संस्था, चिकित्सक, अनुसन्धानकर्ता लगायतको उपस्थिति रहने आयोजकले जनाएको छ। 

नर्सिङ पेशामा आवद्ध भएकाहरुलाई आत्मबल बढाउन र स्वदेशमै रहेर पेशालाई निरन्तर रुपमा अघि बढ्न प्रेरणा होस् भन्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको खनालले बताइन्। सम्मेलन कान्तिपथस्थित होटल यल्लो प्यागोडामा हुनेछ।
 

प्रकाशित: Apr 20, 2023| 13:03 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्