सर्लाही- पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा बिहीबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। उनीहरूको पहिचान खुल्न सकेको छैन।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश-२-०३-००१-ख ८१५ ट्रकले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
मृतक दुवैजना पुरुष रहेको जनाउँदै उनीहरुको पहिचानका लागि प्रयास भइरहेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। ट्रकका चालक सुनसरी-३इटहरीका जितेन्द्र चौधरी प्रहरी नियन्त्रणमा छन्।