शनिबार, भदौ ६, २०८३

आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच? 

बिहीबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ २७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ। 
 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

काठमाडौं- बिहीबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ २७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ। 

बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा थियो। यो मूल्य अघिल्लो दिनको २० पैसा बढेको हो।

युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ ४८ पैसा र बिक्रीमा १४४ रुपैयाँ १३ पैसा पाइन्छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ९१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ३१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ६५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५४ पैसा तोकिएको छ। 

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९८ पैसा र बिक्रीमा ३६ रुपैयाँ १५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २९ रुपैयाँ ५५  पैसा र बिक्रीमा २९ रुपैयाँ ६९ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ९ पैसा र बिक्रीमा ४३० रुपैयाँ ५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ २१ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ८० पैसा तोकिएको छ।

प्रकाशित: Apr 20, 2023| 10:54 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्