शनिबार, भदौ ६, २०८३

प्रधानसेनापति शर्मा जेठ दोस्रो साता चीन जाने  

 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्मा  उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जाने भएका छन्।

शर्माको चीन भ्रमणको तयारीमा दुवै देशका सैनिक अधिकारीहरूसमेत जुटिसकेका छन्। स्रोतका अनुसार प्रधानसेनापति शर्मा आगामी जेठ दोस्रो साता (मे अन्तिममा) चीन भ्रमणमा जाने तयारी भइरहेको छ।

स्रोतका अनुसार प्रधानसेनापतिको चीन भ्रमणका एजेन्डाबारेमा सैनिक मुख्यालयमा छलफल भइरहेको छ। प्रधानसेनापति शर्माको चीन भ्रमणमा द्विपक्षीय हितका विषयमा छलफल हुनेछ। स्रोतका अनुसार केही समझदारी गर्ने सम्भावनासमेत छ।

नेपाली सेनाले चीनबाट करिब ६ अर्ब बराबरको सवारी साधन खरिद गर्ने निर्णय गरिसकेको छ। प्रधानसेनापतिको भ्रमणमा चीनले थप सैनिक सहयोग घोषणा गर्ने अपेक्षा छ।

प्रकाशित: Apr 20, 2023| 10:34 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्