धनगढी- इलाका प्रहरी कार्यालय भजनीको टोलीले लागू षध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। भजनी नगरपालिका वडा नम्बर ३ कुसुमघाटस्थित नेपाल भारत सीमा नाकाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका ३ बस्ने वर्ष २४ को अंकित चौधरी र आयरन चौधरी रहेका छन्। सु.प.प्र.०१-०१० प.५२३१ नम्बरको मोटरसाइकल चेक गर्दा अंकितको साथबाट ३१ ग्राम ७०० मिली ग्राम लागू औषध खैरो हेरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) कुलदिप चन्दले जानकारी दिए।
प्रहरीले पक्राउ परेकालाई थुनामा राखी थप अनुसंधान भैरहेको जानकारी दिएको छ।