काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बारामा चुनावी सभा गर्ने भएको छ। सभालाई अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूले सम्बोधन गर्नेछन्।
बारा क्षेत्र नम्बर २ अन्तर्गत महागढीमाईगञ्ज भवानीपुरमा चुनावी सभा हुनेछ। चुनावी सभालाई अध्यक्ष लिङ्देनले बिहीबार दिउँसो १ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रवक्ता मोहन श्रेष्ठले बताए।
राप्रपाले वैशाख १० मा हुने उपनिर्वाचनका लागि बारामा सोनालाल साहलाई उम्मेदवार बनाएको छ। चुनावी सभालाई उपाध्यक्षद्वय बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान, नेता ज्ञानेन्द्र शाहीलगायतले पनि सम्बोधन गर्नेछन्।
राप्रपाले बारामा उपाध्यक्ष तामाङलाई चुनावी कमाण्डर बनाएको छ।