काठमाडौं- आज सूर्य ग्रहण लाग्दै छ। आज लाग्ने ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले वैशाख कृष्ण औंसीका दिन लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने बताएका छन्।
यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते सूर्य ग्रहण लाग्दै छ। तर यी तीनै पटकका ग्रहण नेपालबाट नदेखिने प्राध्यापक अधिकारीले बताए। कात्तिक ११ गते लाग्ने चन्द्र ग्रहण भने नेपालबाट देखिन्छ।
समितिका अनुसार वैशाख ७ गतेको सूर्य ग्रहण चीन, मंगोलिया लगायत देशबाट देखिन्छ।