शनिबार, भदौ ६, २०८३

घोडाघोडीको एक घरमा आगलागी

कैलालीमा एक घरमा आगलागी भएको छ। घोडाघोडी नगरपालिकामा दुई तले घरमा बुधबार आगलागी भएको हो।
 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

धनगढी- कैलालीमा एक घरमा आगलागी भएको छ। घोडाघोडी नगरपालिकामा दुई तले घरमा बुधबार आगलागी भएको हो।

नगरपालिकाको वडा नम्बर २ साडेपानी बस्ने कृष्ण विष्टको काठको दुई तले चार कोठे टायलले छाएको कच्ची घरमा आगलागी भएको  हो। घर नजिकैको खेतमा गहुँको  नलमा लगाएको आगो हावाको कारणले एक्कासि घरमा सल्किएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अनुसार आगलागीबाट घर भित्र रहेको खाद्यान्न, लुगा, भाँडाकुँडा, काठ पात, सुनको तिलहरी गरी करिब दुई लाख ५० हजार बराबरको क्षति भएको छ।

अस्थायी प्रहरी पोस्ट साडेपानी बाट प्रहरी सहायक निरीक्षक महेश कुमार कार्कीको कमान्डमा खटिएको प्रहरी टोली, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको छ।

प्रकाशित: Apr 20, 2023| 07:38 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्