बिहीबार, वैशाख ३१, २०८३

आज राति १२ बजेदेखि मौन अवधि लागू हुने, के गर्न पाइँदैन?

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने भएको छ।
 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

काठमाडौं- उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने भएको छ।

National life

निर्वाचन आयोगका अनुसार आज राति १२ बजेबाट मौन अवधि सुरु हुने र मौन अवधिमा प्रचारप्रसार गर्न पाइने छैन। 

उपनिर्वाचनको प्रचारप्रसार वैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न पाइन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। त्यसपछिको अवधिमा प्रचार गर्न नपाइने र प्रचारप्रसार गरेको पाइए कारबाही हुने उनले बताए।

चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन। आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ।

प्रकाशित: Apr 20, 2023| 06:53 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्