शनिबार, भदौ ६, २०८३

आज चट्याङसहित वर्षाको सम्भावना

देशका केही भागमा आज पानी पर्ने सम्भावना रहेको छ।
 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

 काठमाडौं- देशका केही भागमा आज पानी पर्ने सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थानमा  पानी पर्ने सम्भावना रहेको छ।

वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

विभागले आज राति देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने जनाएको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। 

मधेस र कोसी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको विभागदे जनाएको छ। हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
 

प्रकाशित: Apr 20, 2023| 06:31 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्