शनिबार, भदौ ६, २०८३

विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

काठमाडौं- अमेरिका र पोर्चुगललगायत देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले सिन्धुपाल्चोकका २३ वर्षीय टीकाबहादुर भण्डारी र भक्तपुरस्थित मध्यपुर ठिमीका ४४ वर्षीय उज्वल खड्कालाई पक्राउ गरेको हो।

खड्कामाथि मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीकी सुनिला गुरूङसहित ४४ जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका, जर्मनी, बेलायत र जापान लगिदिने भन्दै प्रतिव्यक्ति ३ लाखभन्दा बढी रुपैयाँ ठगी गरेको आरोप छ।

खड्कालाई प्रहरीले रौतहटस्थित चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चपुरबाट पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। पक्राउ गरेका भण्डारीमाथि मिलन तामाङसहित १० जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै पटकपटक गरी १५ लाख बढी ठगी गरेको आरोप छ।

उनलाई ताहाचलबाट प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ। प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहविरूद्ध थप १० जनाबाट उजुरी प्राप्त भएको छ।

कास्की, दाङ, मोरङ, रूकुमलगायत जिल्लाहरूबाट पीडितहरूले ५ करोड १९ लाखभन्दा बढी रकम ठगी गरेको आरोपसहित निवेदन दिएका थिए।

प्रकाशित: Apr 19, 2023| 18:25 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्