शुक्रबार, साउन ८, २०८३

सरकार त हाम्रै बन्ने हो, हामीलाई जिताउनुस् : सभापति देउवा

 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० वैशाखमा हुने प्रनिनिधिसभा सदस्यको उपनिर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार गोबिन्द भट्टराईलाई जिताउन तनहुँबासीलाई आग्रह गरेका छन्।

सत्ता गठबन्धनले तनहुँमा आयोजना गरेको विशाल चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीका उम्मेदवार गोबिन्द भट्टराईलाई भोट मागेका हुन्।

'सरकार त हाम्रै बन्ने हो नि, काम गर्ने हामीले हो, हामीलाई जिताउनुस्,' उनले भने, 'अरुले भनेर केही हुँदैन। अरुले जितेर केही हुँदैन। अहिले पनि गठबन्धनबाट हाम्रै प्रधानमन्त्री छन्। अब फेरि पनि हाम्रै हुने हो। हामीलाई भोट दिनुस्।'

प्रकाशित: Apr 19, 2023| 18:20 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्