शनिबार, भदौ ६, २०८३

नेपालको पर्यटन चिनाउन माल्टामा महोत्सव

 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

काठमाडौं- नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले नेपाली नयाँ वर्षका अवसरमा पारेर नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माल्टामा नेपाल डे कार्यक्रम सम्पन्न गरेको छ। 

नेपाली नयाँ वर्षको अवसर पारेर नेपाल माल्टा च्यारीटी अर्गनाईजेसनको आयोजनामा माल्टामा मिनी नेपाल झल्किने कार्यक्रम गरिएको हो। नेपाली दूतावास लण्डन, नेपाली दूतावास स्पेन, नेपाल टुरिजम बोर्ड र कोस्टा ईज क्लियर फाउन्डेसन माल्टा लगायत संस्थाको सहयोगमा कार्यक्रम भएको थियो। 

माल्टाको सबै नेपाली संघ संस्थाको सहभागिता एवं सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा करिब ३ नेपाली नेपाली र विदेशी दर्शकको उपस्थिति थियो। संस्थाका संयोजक प्रकाश भण्डारीको अध्यक्षतामा भइएको कार्यक्रमको संयोजन उपसंयोजक रेम्स खनालले गरे। देशमा पर्यटन भित्र्याउने योजना अनुरूप कार्यक्रम गरिएको हो। 

नेपाल बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक, विविध भाषा, भेषभुषा र प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएकाले देश विकासको प्रमुख आधार पर्यटन नै भएको र माल्टिज लगायत युरोपियन देशका पर्यटकलाई नेपाल र नेपाल चिनाउन नै संस्थाले उक्त कार्यक्रम आयोजना गरेको हो। 

माल्टाको अपोजीसन लिडर वेर्नाड गेर्चको उपस्थिति रहेको थियो। विश्को सर्वोच्च शिखर सगरमाथा पुगेको जुत्ता, झोला र माल्टिज झण्डासहित आएका मार्को कार्मोनाले नेपाल र नेपालीको खुलेर प्रशंसा गरे। उनी सगरमाथा आरोहण गर्ने पहिलो माल्टिज नागरिक हुन्। उनको टोलीमा ३ जनाले सगरमाथाको आरोहण गरेका थिए। सगरमाथाको चुचुरोमा पुगेको झण्डा देख्न पाउँदा नेपालीहरूले निकै गर्व गरेको उप संयोजक शर्मिला बस्नेतले बताइन्। 

कोस्टा ईज क्लियर फाउन्डेसनका मार्क गले पाचले सगरमाथा बेस क्याम्पमा गरेको सरसफाई अभियानका बारेमा चर्चा गर्दै नेपाली समुदायको खुलेर प्रशंसा गरे। 

एनआरएन माल्टाका अध्यक्ष भुवन अर्यालले नेपाल चिनाउन कार्यक्रमले सघाउ पुग्ने बताए। भेषभुषा झल्कने गरी नेपाली झण्डासहित करीब १ किमी मार्चपास समेत गरिएको थियो। कार्यक्रम स्थलबाट माल्टाको संसद भवनसम्म नेपाली नारा र प्लेकार्डसहित शान्ति र्‍याली निकालिएको थियो।

प्रकाशित: Apr 19, 2023| 17:52 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्