शनिबार, भदौ ६, २०८३

भीमफेदी कारागारमा एक कैदीको मृत्यु

 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

हेटौंडा- मकवानपुरको भीमफेदी कारागारमा आज बिहान एक जना कैदीबन्दीको मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ वर्षीय समिर परियार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार मनहरी गाउँपालिका-६ लोथर स्थायी घर भएर हाल कारागारमा  कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका परियारको आज बिहान १०:४० बजे एक्कासी बहोस भएका थिए।

उनलाई उपचारको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल लगिएकोमा उपचारकै क्रममा ज्यान गएको हो। घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 19, 2023| 17:33 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्