बिहीबार, वैशाख ३१, २०८३

नैनसिंह महरको प्रश्न- नयाँ अनुहार यति चाँडै कुरुप र कलंकित किन?

 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपालको परिवर्तित राजनीतिमा नेपाल विद्यार्थी संघको ठूलो भूमिका रहेको बताएका छन्। नेविसंघका पूर्वअध्यक्षसमेत रहेका महरले शंकर देव क्याम्पसले नेविसंघको ५४औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघले नेपालको राजनीतिमा पुर्‍याएको योगदानको चर्चा गरेका हुन्।

National life

'२००३ सालमा छात्राले पढ्ने संस्कृतमात्रै राज्यबाट स्वीकृत थियो। तीन धारा पाठशालामा तनहुँका श्रीवध्र शर्माहरूले नेपाली विद्यार्थीले गणित, विज्ञान र सामाजिक विषय पढ्न पाउनुपर्छ भनेर आन्दोलनको शंखघोष गरेको दिन हो। नेपालमा यात्रायात, शिक्षा, स्वास्थ्य सबै लथालिंग भएको बेला नेविसंघले ती क्षेत्रको व्यवस्थापनका लागि नेविसंघले आन्दोलनको आधिभेरि ल्याएको थियो,' उनले भने। कांग्रेसले प्रजातन्त्र ल्याइसकेपछि नेपालमा थुप्रै विश्वविद्यालय स्थापना भएको महरले स्मरण गरे।

'अब नि:शुल्क शिक्षा, स्वास्थ्यसँगै व्यवस्थित सञ्चार, उद्यमशीलतासहितको रोजगार जनताको अधिकार भन्ने मूल मर्मलाई राजनीतिज्ञले आत्मसाथ गर्नुपर्छ। यो मुद्दा अझैँ कार्यान्वयन भएको छैन,' उनले भने। विद्यार्थीको सर्टिफिकेट धितो राखेर राज्यले पढ्न पाउने प्रवन्ध गर्नेु पर्नेमा आफूहरूको मागको सामान्य सुनुवाइ भए पनि पूर्ण रूपमा कार्यान्वयन नभएको महरले गुनासो गरे।

खुला विश्व विद्यालय र सेमिस्टरका कुरा पनि व्यवस्थित हुन नसकेको उनले बताए। 'अब प्रविधियुक्त वैज्ञानिक शिक्षाको आवश्यकता रहेको छ। हाम्रा युवाहरू गुणस्तरिय शिक्षा हासिलका लागि विदेशीने क्रम अझैँ बढ्दो छ। अब यो दुखद अवस्था रोकिनु पर्छ', उनले भने।

यसका साथै फरक प्रसंगमा बोल्दै नेता महरले उपनिर्वाचनमा चितवन २ र तनहुँ १ मा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे। 'केही व्यक्ति राजनीति फोहोर भयो। पुरानाहरूले काम गरेनन् भनेर जनतामा भ्रम छर्दै आएका थिए। उनीहरू लगातार राज्यको नियम उलंघन गर्दैछन्,' महरले भने।

राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षीत गर्दै महरले एक महिनामात्रै शासन चलाउँदा आदर्श छाट्नेहरू भ्रष्टाचारमा मुछिनु लज्जाको विषय भएको बताए। नयाँ अनुहार यति चाँडै कुरुप र कलंकित हुनुको कारण के हो? भन्दै महरले प्रश्न गरे। सेतो बस्त्रमा लुकेर कालो अनुहार नछोपिने उनले बताए। महरले नेपालको गोप्य सूचना विदेश चुहाउन पनि केही व्यक्ति सक्रिय रहेको आरोप लगाए।

प्रकाशित: Apr 19, 2023| 17:26 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्