शनिबार, भदौ ६, २०८३

अमेरिका पठाइदिन्छु भनेर साढे ३ करोड ठग्ने पक्राउ

 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

काठमाडौं- अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट एक जनालाई पक्राउ गरेको छ।

रोजगारीका लागि अमेरिका, जर्मनी, बेलायत, जापानलगायत देशमा जान ३० लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक ४ लाख  कमाइ हुने लोभ देखाएर विभिन्न व्यक्तिबाट ३ करोड ५६ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको आरोपमा प्रहरीले भक्तपुरका उज्जल खड्कालाई पक्राउ गरेको हो।

विभिन्न व्यक्तिहरुबाट ३ करोड ५६ लाख ८ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागले पक्राउ गरिदिन भनेपछि पक्राउ गरेर बुझाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
 

प्रकाशित: Apr 19, 2023| 17:11 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्