बिहीबार, असोज २९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • काठमाडौंको तापक्रम ३२ डिग्री नाघ्यो, तत्काल वर्षाको छैन सम्भावना

काठमाडौंको तापक्रम ३२ डिग्री नाघ्यो, तत्काल वर्षाको छैन सम्भावना

 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

काठमाडौं- काठमाडौं उपत्यकामा गर्मीसँगै तापक्रम बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंमा आज दिउँसो ३ बजेको तापक्रम ३१ डिग्री सेल्सियस पुगेको छ।

हिजो मंगलबार अधिकतम तापक्रम ३२.७ डिग्री सेल्सियससम्म पुगेको थियो। सामान्यतया अप्रिल महिनामा काठमाडौंको औसत तापक्रम २८ डिग्री हुने गरेको छ।

काठमाडौंमा तत्काल पानी पर्ने सम्भावना पनि नरहेको विभागले जनाएको छ। बिहीबारपछि मौसम बदली रहने र बादल लाग्नेभने   विभागको पूर्वानुमान छ। 
 

प्रकाशित: Apr 19, 2023| 16:23 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्