काठमाडौं- त्रिभुवन विमानस्थलमा बिहीबार ६ घण्टा उडान–अवतरण बन्द रहने भएको छ। बिहीबार राति १ बजेदेखि बिहान ७ बजेसम्म उक्त विमानस्थलबाट हुने उडान अवतरण बन्द रहने भएको हो। आन्तरिक तथा बाह्य सबै उडान उक्त अवधिमा बन्द हुने भएको हो।
विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउन अनलाइन यूपीएस जडान कार्यका लागि उडान अवतरण स्थगित गर्न लागिएको हो।
उक्त समयमा उडान गर्नुपर्ने यात्राले आफ्नो वायु सेवा कम्पनीसँग सम्पर्क गर्न पनि विमानस्थल कार्यालयले आग्रह गरेको छ।