धनगढी- कैलालीमा खोलामा नुहाउने क्रममा डुबेर किशोरको मृत्यु भएको छ।
जिल्लाको कैलारी गाउँपालिका– २ रामपुरका प्रेम बहादुर ठकुल्लाका १६ वर्षीय अविशेख ठकुल्लाको स्थानीय कटनी खोलामा डुबर मंगलबार मृत्यु भएको प्र्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले कटनी खोलाको गुग्री बाँधमा नुहाउने क्रममा डुबेर ठकुल्लाको मृत्यु भएको जानकारी दिए। मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको डीएसपी चन्दले बताए।